काठमाडौं । काठमाडौंको किर्तिपुरमा नयाँ व्यवस्थापनसहित चिया सागर खुलेको छ । ५५ प्रकारका चियाका आइटम पाइने चिया सागरको नयाँ बानेश्वर, महाराजगञ्जपछि यो तेस्रो ब्राञ्च हो । चिया सागरमा विशेषगरी चिया सागरको मेनुमा मट्का, मसला, आइस टि, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट् टी उपलब्ध छन् ।
‘नेपालमा युवाहरुलाई रोजगारी दिन चिया सागर सुरु गरेका हौं,’ सञ्चालक मध्येका एक केशव शर्माले भने, ‘नेपालमै लगानी गर्दा सम्भब छ भन्ने उदाहरण बन्न खोजेका हौं ।’
चिया सागरको मेनु त्यति महंगो छैन । चियाका पारखीहरुले ५० देखि १ सय ६० रूपैंयाँमै चियाका आइटम रोज्न सक्छन् । मंसिर १ देखी एक महिनासम्म चियामा २० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक शर्माले जानकारी दिए । चियाको सिंगो भा“डा (पट्) अर्डर गर्नु परेमा २ सय देखि ३ सय ५० रूपैंयाँ मूल्य तोकिएको छ । चिया, कफी बाहेक बेकरी र स्यान्डवीच पनि मेनुमा उपलब्ध छन् ।
चिया सागर प्रालिले अब पोखरासहितका शहरमा ब्रान्च विस्तार गर्ने तयारी सञ्चालक शर्माले बताए । यस कम्पनीम केशब शर्मा, नविन शर्मा र प्रकाश पौडेलसहित तीन जना सञ्चालक छन् । शनिबार हास्य कलाकार मरिचमान श्रेष्ठ, ‘बल्छी धुर्बे’ले रिबन काटेर चिया सागरको शुभारम्भ गरेका हुन् ।