च्याम्पियन्स लिगबाट बाहिरिएपछि रोमाका प्रशिक्षक डी फ्रान्सिस्कोको जागिर गयो


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २४, २०७५

  • काठमाडौं , फागुन २४ ।  काठमाडौँ –इटालियन क्लब एएस रोमाले प्रशिक्षक युसेबियो डी फ्रान्सिस्कोलाई बर्खास्त गरेको छ । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पोर्तोसँग ३–१ गोलले पराजित हुँदै समग्रमा ४–३ गोलले हारेर बाहिरिएपछि रोमाले प्रशिक्षकलाई निकालेको हो ।

    त्यस्तै घरेलु लिगमा पनि रोमाको प्रदर्शन राम्रो छैन । रोमा सेरिया ए मा २६ खेलबाट ४४ अंक जोड्दै लिगको पाँचौ स्थानमा छ । त्यस्तै रोमालाई इटालियन कपमा फियोरिन्टिनाले ७–१ गोलले हराएको थियो । युसेबियोलाई रोमाले सन् २०१७ मा सास्सुओलोबाट अनुबन्धन गरेको थियो ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार