 
                            काठमाडौं , फागुन २४ । काठमाडौँ – सिके राउतले जेललाई ठुलो पाठशाला भएको बताएका छन्। राजधनीमा शुक्रबार आयोजित राजनीतिकि सहमति कार्यक्रममा बोल्दै राउतले जेल बस्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन्।
‘जेल बसाइमा सहयोग गर्ने सबैलाई तथा आफूलाई बिरामी पर्दा सहयोग गर्ने डाक्टरलाई धन्यवाद दिन चाहन्छु’ राउतले भने,’नेपाल सधैँभरी स्वतन्त्र भएकोले बाहिर त्यसको अनुभव गर्न सकिदैन, स्वतन्त्रताको सही महत्व जेल बसाइमा मात्र थाहा पाइन्छ।’
राउतले प्रधानमन्त्री केपी ओलीलाई जेलको सम्झना गराउन खोजेको समेत बताए। ‘१४ वर्ष जेल बसेर आउनुभएका प्रधानमन्त्रीज्यूको अगाडि जेलको बारेमा भन्नु घामको अगाडि दियो बाल्नु जस्तै होला’ उनले भने,’निर्दोष व्यक्ति जेलभित्र राखिनु भनेको सिंगो राज्यको दोष हो।’
जेलको सम्पूर्ण अवस्था निकै खराब रहेको समेत राउतले बताए। ‘जेलको अवसथा निकै दुखद छ, सबै बिरामीलाई एकै ठाउँमा राखिएको छ, जेलको नुन खाएको हुनाले त्यसको समस्या पनि अहिले राखेको हुँ’ उनले भने।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    