केही कामै नगरी महिनाको साढे २ लाख तलब !


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २४, २०७५

  • काठमाडौं , फागुन २४ ।  काठमाडौँ –स्विडेनमा सरकारी फन्डबाट एउटा रेलवे स्टेसन निर्माण भइरहेको छ । यो एक कला परियोजना हो । सन् २०२६ मा यो पूरा हुनेछ ।

    यसमा नियुक्त गरिने कर्मचारीले बिहान एकछिन आउने र बेलुका एकछिन आएर जाने काम गरे पुग्छ । तलब लगभग साढे २ लाख रुपैयाँ छ अनि भत्ता, छुट्टी र पेन्सन पनि पइन्छ ।

    परियोजनामा जोडिएका कलाकारका अनुसार, यस पदका लागि सन् २०२५ सम्म कुनै पनि निवेदन लिइनेछैन । स्टेसनको निर्माण अन्तिम चरणमा पुग्दा यससँग सम्बन्धित विज्ञापन दिइनेछ ।

    कर्मचारी हरेक बिहान रेलवे स्टेसन पुग्नुपर्छ । उसले यात्रीहरूको सुविधाका लासग प्ल्याटफर्ममा बत्ती बाल्ने र बन्द गर्ने काम गर्नुपर्छ । दिनभरिमा कर्मचारीले आफूले गर्न मन लागेको सबै काम गर्न पाउँछ । उसले स्टेसनमै बस्नुपर्छ भन्ने छैन ।

    कर्मचारीले चाहेकै समयमा जागिर छोड्न पाउँछ । तर यो जागिर जिन्दगीभरि खाने ग्यारेन्टी छ ।

    सन् २०१७ मा स्विडेनको पब्लिक आर्ट एजेन्सी र स्विडिश ट्रान्सपोर्ट एड्मिनीस्ट््रेसनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आयोजना गरेको हो । यसअन्तर्गत नयाँ स्टेसनको डिजाइनका लागि कलाकारसँग निवेदन मागिएको थियो ।

    विजेतालाई लगभग साढे ८ करोड रुपैयाँको पुरस्कार राशि तय गरिएको थियो । स्विडिश कलाकारको जोडी साइमन गोल्डिन र ज्याकब सेनेबीले यो पुरस्कार जिते । उनीहरू दुवैले यो पुरस्कार राशि एक कर्मचारीलाई तलबका रूपमा दिने निश्चित गरे ।

    कलालाई बेकार ठान्नेहरूले बत्ती बाल्ने र निभाउने कार्यलाई के ठान्दा हुन् भनी आफूले पुरस्कार राशि यो जागिरका लागि खर्च गर्न लागेको गोल्डिन र ज्याकबको भनाइ छ ।

    एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार