जब मेस्सीले रोनाल्डोको तारिफ गर्दै यसो भने…


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

  • काठमाडौं , चैत्र १ ।  काठमाडौँ –बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् ।

    एट्लेटिको मड्रिडविरुद्ध भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेपछि उनको चौतर्फीै तारिफ भएको थियो । यस सिजन उच्च फर्ममा रहेका रोनाल्डोको तारिफ उनकै प्रतिस्पर्धी मेस्सीले गरेका हुन् ।

    मेस्सीले भनेका छन्,‘रोनाल्डो र युभेन्ट्सले मध्य हप्तामा गरेको कार्य तारिफ योग्य छ ।’

    ‘मलाई लाग्छ एट्लेटिकोलाई पराजित गर्नु कठिन थियो । तर, रोनाल्डोले गरेको तीन गोलले सबै अनुमान उल्टाइदियो ।’ उनले भने । हरेक खेलका लागि सबै क्लब तयार हुने गरेको र चुनौतीहरु सामना गर्न सबै क्लब सक्षम रहेको समेत उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार