एक प्रेम कथा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

    • एन्जल खड्का

    उ संग प्रेममा परेको करिब दुई वर्ष भै सकेको थियो । प्रेम पनि गाढा अनि विश्वास झनै बलियो भैसकेको थियो । पहिले धेरै लजाउने उनी खुलेर बोल्ने हास्ने भै सकेकी थिईन् । म माथी पुर्ण रुपमा विश्वस्त थिइन् । जति उनी थिईन् उति नै म पनि तर जिन्दगीले एउटै अवस्थामा जीवन अगाडि बढाउन कहा दिदो रहेछ र ?

     

    हामी बिचको प्रेम सम्बन्ध धेरै अगाडि बढि सकेको थियो । उसको घर र मेरो घरमा सबैलाई थाहा भै सकेको थियो । अब अर्को वर्ष चाहि बिहे गर्दिने भन्ने कुरा भयो । हामी निकै खुशी गरौं । यहि खुशीको कुराले हामी शारीरिक सम्पर्क गर्न दुबै मन्जुर भयौं । पहिलो अनि विवाहअघिको सम्पर्क भोलि पर्सि पनि याद हुनुपर्छ भनेर हामीले भिडियो बनाउने निर्णय ग¥र्यौं । भिडियो मेरै मोबाइलबाट लियौं । उनलाई घर पुर्याएर फर्कें ।

     

    ‘बेलुका पार्टी गर्नुपर्छ है’ भनेको थियो मेरो बच्चैदेखिको मिल्ने साथीले । विहे फिक्स भको दाजु भाई आज खुसी साटौंला भनेर बेलुका बियर खादै बस्यौ मोबाइलमा सानो आवाजमा गीत बजाउदै । ‘अब त बिहे हुने भै हाल्यो हामीलाई बिर्सिने दिन आइ हाल्यो नि’ भन्दै थियो ।

    ‘त्यस्तो कहा हुनु यार ? त्यस्तो हुने भए अहिलेदेखि बानी बसाइ हाल्थे नि’ भनें मैले ।

    ‘अनि पहिलै भ्याइस् कि सुहागरात कुरिराछस् ?’ उसले प्रश्न गर्यो ।

    ‘भाग मुला के के भन्छ ?’ भनें मैले । यत्तिकैमा उसले मेरो मोबाइल लिएर गीत चेन्ज ग¥यो । बियरको नशामा मलाई खासै वास्ता भएन भिडियोको बारेमा । उसले मोबाइल चलाउने क्रममा हामिले बनाएको भिडियो भेटेको रहेछ । खाना खाएर सुत्यौं हामी । बिहान उ आफ्नो काममा लाग्यो अनि म आफ्नो काममा ।

    दिन बित्दै गयो । एक डेढ महिनापछि मलाई उनको कल आयो ।

    ‘यो के गरेको तपाइले मलाइ ? कतै मुख देखाउन लायक भएन । आखिर के बिगारेको थिए मैले तपाईंको ?’ यस्तो प्रश्न सुनेर म छक्क परें ।
    ‘के भयो ?’ भनेर सोधें ।

    ‘त्यो भिडियो कता कता पठाउनु भयो ?’ उसले भनि ।

    ‘मैले कतै पठाको छैन । के भन्दै छौ तिमी ?’ मैले भनें ।

    नपठाको भए यत्रो मान्छेले कसरी थाहा पाउछन् । मलाई हामी नि काण्ड बनाम न भन्दै म्यासेज गर्दैछन आफ्नै साथीहरु पनि । पख म बुझ्छु भन्दै मैले फोन काटें । र, मेरो साथी लाई सोलुसन माग्छु भनेर भेट्न बोलाए । यस्तो भन्दै छे त यार के गर्ने होला ? भनेर । उसलाइ मैले सोधें ।

    आइ एम सरी यार यो सब मैले गरेर भएको हो । उसले भन्यो । ह“ कसरी तैले गरेर ? मैले सोधें । त्यो राती तेरो मोबाइलमा तिमरुको कान्ड देखेको थिए“ । अनि मैले आफ्नोमा सेन्ड गरें । हाम्रै सर्कलको केटाहरुलाई तेरो प्रगती भनेर देखाउन पठाको थिए । उनीहरुले काण्ड ग्रुपमा हाल्दिएछन् । त्यतबाट भाइरल भाको हुनु पर्छ । उसको उत्तर सुनेर दिमाग तातेर आयो । एक थप्पड हानेर त्यहाबाट निस्किए“ । बिचरीमा के बितिरा होला भनेर फोन गरें । तर स्वीच्ड अफ थियो । के गर्ने नगर्ने तनाब भयो । उसको भाइको नम्बर थियो । फोन गरें । तलाई जहा“ भेटे त्यही काट्छु, लाज लाग्दैन फोन गर्न अझ ? भन्दै गाली गरेर फोन राखिदियो उसले । के गर्ने, नगर्ने तनाब भै सकेको थियो ।

    दुई तीन दिनपछि उनको फोन आयो हामी भेटुम् न भनेर । म हतार–हतार उनलाई भेट्न गए क्याफेमा बसेर दुइटा कफी मगाए । ‘जे–जे हुनु भै हाल्यो हामी बिहे गर्ने त हो नि चिन्ता नलिनु ‘ उसको कुराले मन केही हलुका भए जस्तो भयो । तर वरपर बस्ने मान्छेहरु मलाई हेरेर हासी रहेका थिये त्यहा“ बस्न अफ्ठ्यारो लाग्यो । अनि मेरो कोठातिरै जाउ भने उनले टाउको हल्लाउदै समर्थन जनाइन् । कोठा पुग्यौं मुस्कुराउदै टेन्सन ‘केही नलिनु जे हुनु भै हाल्यो ।’ मैले पनि आफुलाई सम्झाइ सकें । तपाईं पनि सम्झाउनु आफुलाई भन्दै सम्झाइन् । बरु आज पनि भिडियो बनाम् न भनिन् । म फेरि छक्क परें । के भन्दै छौ ? मैले सोधें । बनाउने अनि लुकार राखी हाल्नु भनिन् । हुन्छ भनेर फेरि हामीबिच भएका शारीरिक क्रियाकलापको भिडियो बनायौं ।

    अनि त्यो भिडियो लुकाएर राखें मैले ।

    ‘अब म घर जान्छु ‘भनिन् उनले ।

    ‘म पुर्याइदिन्छु भन्दा पर्दैन अहिले । त्यसै नराम्रो भै राखेको छ पछि शान्त भएपछिको कुरा अर्कै हो नि ‘ भन्दै मलाई निधारमा चुमेर गईन् ।

    भोलिपल्ट बिहान फोन गरे स्वीच्ड अफ आयो । उसको भाइलाई गरौं भने के–के भन्ने हो । फेसबुकमा अनलाइन छिन् कि भनेर हेर्न फेसबुक खोलेको मात्र थिए ।

    ‘RIP दिदी तैंले यो के गरिस् ?’ भन्दै उसको भाइले हिजै बिहान फोटो हालेको रहेछ । म झसङ्ग भए । अनि भिडियो खोलेर हेरें । म एक्लै नाङ्गी रहेको थिए । हिजो क्याफेमा मान्छे हासेको कारण पनि प्रष्ट भयो ।

    मलाइ हिनताबोध भयो । मलाई मेरो नजरमा आफैलाई नङ्गयाएर गइन् । एउटा सानो काण्ड भनेर रमाइलोको लागि यस्तो काम गर्दा अर्को ठूलो काण्ड बन्न सक्छ । जुन सह्य नहुने पनि हुन सक्छ ।

    माथिका घट्ना र पात्र हरु काल्पनिक हुन । र, यस्तो घट्ना नघट्ला भन्न सकिदैन । र, कति घटेका पनि छन । त्यसैले काण्ड–काण्ड धेरै नगरौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार