हामी छिटै खेलमा फर्किनेछौंः सोल्सायर


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ३, २०७५

  • काठमाडौं , चैत ३ ।  काठमाडौँ –इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड पछिल्लो समय कमजोर प्रदर्शन गरिरहेको छ। युनाइटेडले पछिल्ला दुई खेलहरुमा पराजित भयो।

    युनाइटेडले प्रिमियर लिगमा आर्सनलविरुद्ध २–० गोलले पराजित हँुदै लिगको चौथो स्थान आर्सनललाई सुम्पेको थियो। त्यसपछि युनाइटेड वुल्भ्ससँग २–१ गोलले पराजित हुँदै एफए कपबाट बाहिरियो। लगातारको दुई हारपछि क्लबका प्रशिक्षक गुनर सोल्सायरले क्लबका समर्थकहरुलाई नआत्तिन आग्रह गरेका छन्।

    उनले क्लबले पछिल्लो समय गरेको प्रदर्शन प्रति नआत्तिन आग्रह गरेका हुन्। सोल्सायरले भने, “हामी चाँडै खेलमा फर्किने छौ, युनाइटेडको उत्कृष्ट खेल पनि चाँडै देखिने छ”
    साथै उनले बार्सिलोनाविरुद्धको खेलका लागि पनि तयार भएको बताए। युनाइटेडले अप्रिल ११ मा बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल खेल्दैछ।

    “हामी लिगको राम्रो स्थानमा छौ, च्यापियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थियौ, अव बार्सिलोनाविरुद्ध पनि उत्कृष्ट खेल देखिनेछ,” प्रशिक्षक सोल्सायरले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार