आइपिएल खेल्न बुधवार दिल्ली जादै सन्दीप लामिछाने


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ३, २०७५

  • काठमाडौं , चैत ३ ।  काठमाडौँ –इन्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटमा सहभागी हुन नेपाली क्रिकेटर सन्दीप लामिछाने आउँदो बुधवार नयाँ दिल्ली जाने भएका छन्। सन्दीपले दिल्ली जानुअघि पर्सि मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने र बुधवार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

    आउँदो शनिवारदेखि आइपिएलको सन् २०१९ सिजन सुरु हुँदैंछ। सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले आउँदो आइतबार लिगको पहिलो खेल मुम्बईमा मुम्बई इन्डीयन्ससंग खेल्नेछ। अघिल्लो वर्ष आइपिएलमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए।

    अघिल्लो वर्षको प्रदर्शनका आधारमा दिल्लीले उनलाई सन् २०१९ को सिजनका लागि रिटेन गरेको थियो। त्यसपछि बिग बास लिग, बङ्गलादेश प्रिमियर लिग, क्यारेवियन लिग, पाकिस्तान सुपर लिग लगायतका व्यावसायिक प्रतियोगितामा उनले सहभागिता जनाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार