इन्डोनेसियामा बाढी : कम्तीमा ५० जनाको मृत्यु, ५९ घाइते


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ३, २०७५

  • काठमाडौं , चैत ३ ।  काठमाडौँ –इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने पपुवा प्रान्तमा आएको बाढीमा परेर कम्तीमा ५० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन्।

    बाढीले बढी प्रभाव गरेको मुख्य सहर सेनटानी क्षेत्रमा उद्धार कार्य जारी भएकोले घाइतेहरुको संख्या अझै बढ्‍न सक्ने अनुमान गरिएको विपद्‍ व्यवस्थापन अधिकारीले बताएका छन्। शनिबार राति आएको भीषण वर्षाका कारण आएको बाढी आएको थियो।पपुवा प्रान्तको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल सेनटानी अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्रमा बाढीले बढी क्षति पुर्‍याएको छ।

    “त्यसैगरी पपुवा प्रान्तमै पर्ने जयपुरामा पहिरोले दुई घर पुर्दा सात जनाको ज्यान गएको छ”, पपुवा क्षेत्रीय प्रहरी प्रवक्ता अहमद् मुस्तोफा कमलले भने।

    -दी न्यूयोर्क टाइम्स

    प्रतिक्रिया
    सम्बन्धित समाचार