नेपाल बुझाउँने पुस्तक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १२, २०७४

  • नेपालको हिमाल, पदयात्राबारे अस्ट्रेलियन लेखक जुलियट् पावरको नयाँ पुस्तक बजारमा आएको छ । हिमालको अनुपम सौन्दर्यताबारे यो पुस्तकमा ब्याख्या गरिएको छ । त्यस्तै हिमाल आरोहण र ट्रेकिङका लागी विश्वको चर्चित सगरमाथा क्षेत्र पुग्दाका रोमाञ्चक अनुभब, अनुभुतिहरु समेटिएका छन् ।

    लेखक जुलियट्ले भूइँचालोपछि पुन:निर्माणमा जुटेका नेपालीहरुको कथालाई चित्रित गर्ने प्रयास गरेकी छिन् । यस पुस्तकले विदेसीहरुलाई नेपाल बुझाउँन सघाउँछ । भूइँचालोपछि थलिएको यहाँको पर्यटन प्रबद्र्धन गर्नमा पुस्तकले धेरथोर टेवा पुर्‍याउँछ । त्यसबाहेक नेपालका शेर्पा, हिमालका बारेमा पनि उल्लेख गरिएको छ । अस्ट्रेलियामा बिताएको समय, भोगेको जीवनका बारेमा केही पाटो उल्लेख छ ।

    दुई पटक नेपाल यात्रा गरेकी लेखकको संस्मरणको संगालो यो पुस्तक अमेजन, आइट्युन, किन्डल र हार्ड कपिमा उपलब्ध छ । २ सय ६४ पेजको यस पुस्तकको मूल्य २९.९९ अस्ट्रेलियन डलर राखिएको छ । त्यस्तै इबुक ३.९९ अस्ट्रेलियन डलरमा खरिद गर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार