पौडीबाज राशिका


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १२, २०७४

  • राशिका पौड्याल, (१६) को स्वभाब अचम्मको छ । उनलाई पानी ‘आफन्त’ र ‘साथी’ जस्तो लाग्छ । तीन कक्षा पढ्दाखेरी नै पौडी भनेपछि हुरुक्क हुने उनी पौडी सिक्नकै लागी राजधानीका फरक–फरक ठाउँ पुग्थिन् । स्कुल छुट्टी भयो कि स्पा र स्वीमिङ पुलको सुबिधा हुने ठाउँतिर दौडिन्थिन् ।
    पाठशाला नेपाल फाउन्डेसनमा कक्षा १० मा अध्ययनरत तिनै राशिका यतिबेला पौडीका क्षेत्रमा बेग्लै पहिचान बनाईसकेकी छिन् । पौडी सम्बन्धिका राष्ट्रिय तथा क्षेत्रिय प्रतियोगिताहरुमा उनले हात पारेको सफलता लोभ लाग्दो छ । उनले झण्डै एक सय भन्दा बढी मेडल पाईसकेकी छिन् ।

    सातौं राष्ट्रिय खेलकुद–२०७२ मा मध्यमाञ्चबाट भाग लिएकी राशिकाले १६ वर्ष पुरानो किर्तिमान तोडेकी छिन् । चार सय मिटरको स्वीमिङ दौड सबैभन्दा छोटो समयमा पार गरेकी उनले गोल्ड मेडल सहित नगद १५ हजार रुपैंयाँ हात पार्न सफल भईन् । राष्ट्रिय स्तरका प्रतियोगीताहरुमा उनले अहिले सम्म २ वटा स्वर्ण, २ वटा रजत, तीन वटा कास्य हात पारिसकेकी छिन् । त्यस्तै नेपाल ओलिम्पक कमिटिले ‘ओलम्पिक डे २०१५’ मा आयोजना गरेको प्रतियोगितामा चार वटा स्वर्ण, ७ वटा रजत, एक कास्य जितेकी छिन् । पौडी प्रशिक्षक रबीन्द्र पौड्याल उनका बुबा नै प्रेरणाका स्रोत हुन् ।
    राजधानीको रोजबड स्कुल पढ्दै गर्दा तेस्रो माछापुच्छ्ेर स्वीमिङ च्याम्पियन राष्टब्यापी प्रतियोगीतामा दुई वटा मेडल हात पारेपछि राशिकामा हौसला थपियो । त्यसपछि पौडीका कुनै प्रतिष्पर्धा उनले छुटाईनन् । र, भाग लिए जति कुनैमा हार पनि खानु परेन । ‘स्वीमिङमै मेरो रहर छ ।’ उनले भनिन्, ‘ओलम्पिकमा जाने सपना छ ।’ कोर्सको पढाइका अतिरित्त उपन्यास पढ्न रुचाउने उनी चलचित्रमा पनि उत्तिकै रुचि राख्छन् । प्रेम कथामा आधारित द फल्ट इन् आवर स्टार्स उनको प्रिय पुस्तक हो । उनमा घुम्न पनि उत्तिकै रहर छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार