कन्दरा लाइभ इन बुटवल


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ७, २०७५

  • चैत ७, काठमाडौं । भोली चैत्र ८ गते बुटवलमा कन्दरा ब्याण्डको लाइभ कार्यक्रम हुँदैछ । बुटवलमा कन्दराले पहिलो पटक आफ्नो प्रस्तुति दिँदैछ । तामरिङ म्युजिक सेन्टर र शिवनगर युवा परिवारले एक महिनाअघिदेखि कार्यक्रमको तयारी गरेको हो ।

    आयोजकका अनुसार नेपालका पुराना संगीतकर्मीहरूको सम्मानसँगै सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो । दर्शकले ३ सय रुपैयाँको टिकटमा कन्दरासँगै नेपाल आइडल सिजन–२ को टप फाइभका अमित बराल र स्थानीयमध्ये ब्यान्डको प्रस्तुति पनि लिन सक्नेछन् । दमक, धरान, चितवन, उर्लाबारी, झापाको विर्तामोड, दमौली हुँदै कन्दरा बुटवल पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार