स्लोभाकियासँग हार्‍यो हंगेरी, अस्ट्रियालाई पोल्यान्डको झट्का


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ८, २०७५

  • चैत ८ , काठमाडौं । दुई बलिया टोली अस्ट्रिया र हंगेरीले युरो कप छनोट फुटबलको आफ्नो पहिलो खेलमै पराजय भोगेका छन्। समूह ‘ई’ अन्तर्गतको छनोट खेलमा स्लोभाकियाले घरेलु मैदानमा हंगेरीमाथि २-० गोलको जित हासिल गर्‍यो। सोही समूहको अर्को खेलमा क्रोएसियाले घरेलु मैदानमा अजरबैजानलाई २-१ गोलले पराजित गर्‍यो।

    हंगेरीविरुद्धको खेलमा स्लोभाकियाले दुबै हाफमा एक÷एक गोल गरेको थियो। पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि स्लोभाकियाका लागि अनड्रेज डुडाले पहिलो गोल गरेका थिए। यसैगरी निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि अल्बर्ट रसनकले दोस्रो गोल थपे।

    यसैगरी समूह ‘जी’ अन्तर्गतको खेलमा पोल्यान्डले बलियो अस्ट्रियालाई उसैको मैदानमा १-० गोलले हरायो। पोल्यान्डले प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा निर्णायक गोल गरेको थियो। पोल्यान्डका लागि ६९औं मिनेटमा किर्गिस्तोफ पितेकले गोल गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार