झुटो समाचार छाप्ने एउटा, प्रहरीले समात्यो अर्को !


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ८, २०७५

  • गलत समाचार प्रकाशन गरेको भन्दै अनलाइन आवाज डट नेटका पत्रकारलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले अर्कै पत्रकारलाई पक्राउ गरेको छ । ‘भर्खरै काठमाडौँमा डरलाग्दो बम विस्फोट, ३३ जनाभन्दा बढीको ज्यान गयो, थप विवरण आउन बाँकी’ शिर्षकमा समाचार प्रकाशन गर्ने अनलाइन आवाज डट नेटका पत्रकारलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले अनलाइन आवाज डट कमका पत्रकार गौरव खनाललाई पक्राउ गरेको हो ।

    बुटवलबाट सञ्चालित अनलाइन आवाज डट कमका सहसम्पादक कपिलवस्तु वाणगंगाका गौरवलाई प्रहरीले साईबर क्राइममा अनुसन्धान गर्ने भन्दै बुटवलबाट पक्राउ गरेर काठमाडौँ लगेको छ ।

    बुटवलबाट केही दिनअघि मात्रै सञ्चालनमा आएको अनलाइन आवाज डटकमले सो सम्बन्धी समाचार प्रकाशन नगरेको र प्रेस काउन्सिलले अनलाइन आवाज डट नेटलाई पत्राचार गर्द स्पष्टिकरण सोधेको विवरण र समाचारहरु आएपनि प्रहरीले वास्तविकता नबुझी पक्राउ गरेको गौरवका दाजु गोपाल खनालले बताए ।

    ‘प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले फेसबुकमा राखेको विवरणमा पनि अनलाइन आवाज डट नेट नै भनिएको छ, उनले प्रश्न गरे–त्यसपछि काउन्सिलले स्पष्टीकरण सोधेको भनेर पनि अनलाइन आवाज डट नेट नै भनिएको छ, गलत समाचार प्रकाशन गरेको भनेर अनलाइन आवाज डट नेट नै बन्द गराईएको छ, तर व्यक्ति पक्राउ गर्दा अनलाइन आवाज डट कमको व्यक्ति पक्राउ गरिएको छ, यो कतिसम्मको लापरबाही हो ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार