एमएडब्लुले ल्यायो स्कोडा कोडियाक ‘एलएन्डके’, मूल्य एक करोड ५८ लाख


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ८, २०७५

  • चैत ८ , काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले लरिन एन्ड क्लेमेन्ट (एलएन्डके) एडिसन कोडियाक ‘एलएन्डके’सार्वजनिक गरेको छ ।

    यो एडिसन स्कोडा कोडियाकको नयाँ र सबैभन्दा माथिल्लो भेरियन्ट भएको कम्पनीले जनाएको छ। नेपालमा कोडियाक ‘एलएन्डके’को मूल्य एक करोड ५८ लाख रुपैयाँ तोकिएको छ ।

    यसले २.० टिडीआई (अल ह्विल ड्राइभ र अटोमेटिक) डिजेल इन्जिनले ११० किलोवाट (१५०पीएस) उर्जा र ३४० एनएम टर्क उत्पन्न गर्छ ।
    इलेक्ट्रोनिक कन्ट्रोलसहितको अल ह्विल ड्राइभ सिस्टमले ‘ट्रयाक्सन, स्टाबिलिटी र सेफ्टी’लाई बेजोड बनाउँछ।स्कोडा कोडियाक ‘एलएन्डके’ पाँच वटा कलर ‘लाभा ब्लु’, ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाइट’, ‘म्याजिक ब्ल्याक’ र ‘अल न्यु म्याग्नेटिक ब्राउन’मा उपलब्ध हुनेछ।

    स्कोडाको पहिलो फुल साइज एसयुभीका रुपमा केही महिना अघि नेपालमा आएको थियो। अहिले यसले सेग्मेन्टलाई नै लिड गरिरहेको कम्पनीको भनाइ छ।

    कम्पनीका अनुसार यसको फेसियामा विशेषको क्रोम ग्रिल राखिएको छ। यसको स्वरुपलाई ‘आई ल्यास’ जस्तो देखिने एलईडी हेडलाइट र १८ (आर) त्रिनिटी एलोई ह्विलले विशेष बनाइदिएको छ । पछाडिको भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलइडी टेललाईटमा क्रिस्टलाइन इलेमेन्टहरु राखिएका छन्।

    पछाडिको बम्परमा रहेको क्रोम ट्रिमले ‘एक्जस्ट पाइप’ र ‘डिफ्युजर’लाई छुट्याएको छ भने ‘सिल्भर रुफ रेल’ले यसको ‘प्रिमियमनेस’लाई अझ बढाइदिएको छ । ‘फ्रन्ट विंग्स’मा राखिएको ‘एलएन्डके’ ब्याज उत्कृष्ट पेन्टिङ जस्तै देखिन्छ ।कोडियाकको सबैभन्दा विलासी भर्सन ‘एलएन्डके’मा धेरै ‘इनोभेटिभ’ फिचरहरु रहेको कम्पनीको दाबी छ।

    बडीको विभिन्न स्थानमा राखिएका चार वटा ‘वाइड एंगल’ क्यामेरामार्फत ३६० डिग्री ‘सराउन्ड एरिया भ्यू’ देखिन्छ ।त्यसैगरी, ‘ह्यान्डफ्रि पार्किङ’ले पार्किङलाई आरामदायी बनाएको छ।यसको मद्दतले ‘प्यारेरली’ वा ‘पर्पेन्डिकुलरी’ पार्क गरिराखेको गाडीको भीडमा पार्किङ गर्ने उत्तम ठाउँ पत्ता लगाउन सक्नसकिने कम्पनीको भनाइ छ।

    कारको ढोका खोल्दा अटोमेटिकल्ली एउटा ‘प्रोटेक्सन शिल्ड’ निस्कन्छ जसले ढोकाको मेटललाई भित्ता वा अन्य कारमा डाइरेक्टली ठोकिनबाट बचाउँछ।जब ढोका बन्द गरिन्छ तब यो शिल्ड आफैं भित्र जान्छ । त्यसैगरी, अगाडि रहेको ‘प्रोएक्टिभ इलेमेन्ट’ले फ्रन्ट बम्परमा स्क्र्याच हुनबाट बचाउँछ।

    कोडियाक एल एन्ड के ‘सिम्प्ली क्लेभर’ ‘पावर न्याप प्याकेज’ले लामो यात्राका क्रममा पछाडिका पेसेन्जरलाई आनन्दले सुत्न सहयोग गर्ने कम्पनीले बताएको छ।

    यसमा टाउकोको पोजिसनलाई सपोर्ट गर्ने ‘हेड रेस्ट’ र दुई वटा ब्ल्यांकेटहरु उपलब्ध छन् । कोडियाक ‘एलएन्डके’मा ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचर छ । यो प्रविधिले ककपिटमा रहेको माइक्रोफोनको सहयोगमा अगाडि र पछाडिका यात्रीहरुबीच सहज संवाद गर्न सहयोग गर्छ ।

    स्कोडा कोडियाक ‘एलएन्डके’को पर्फर्मेँन्स पावरफल रहेको छ।यसमा इलेक्ट्रिकल्ली कन्ट्रोल हुने ‘मल्टिप्लेट क्लच’समेत रहेको छ जसले कोडियाकको अफरोड क्षमतालाई बढाउने समेत कम्पनीको दाबी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार