 
                            चैत १० , काठमाडौं । टाइम्स अफ इण्डियाका अनुसार उदय चोपडाले ट्वीट गरेका थिए, ‘केही घण्टाको लागि म आफ्नो ट्विटर एकाउन्ट डिएक्टिभेट गरेको छु। मलाई आफू मर्न गइरहेको छु जस्ताे लाग्याे । यो अभूतपूर्व थियो । मलाई आत्महत्या गर्नु नै सबैभन्दा राम्रो विकल्प हो जस्तो लाग्छ । म यसलाई चाँडै स्थायी रुपमा गर्न सक्छुँ ।’
उनले अगाडि लेखेका छन्, ‘म यो स्वीकार्छु कि मलाई सन्चो छैन । अहिले पनि म प्रयास गरिरहेको छु तर सफल हुन सकेकाे छैन ।’ उदय चोपडाको यस ट्वीटबाट उनी डिप्रेसनकाे सिकार भएकाे प्रष्ट हुन्छ । त्यसपछि उनले आफ्ना यी दुई वटै ट्वीट हटाएका छन् ।
उनी अन्तिम पटक सन् २०१३ मा रिलिज भएको फिल्म धूम ३ मा देखिएका थिए । यो भन्दा पहिले सन् २०१८ मा पनि उनले यस्तै किसिमको ट्वीट गरेका थिए ।
त्यतिबेला उनले मानसिक समस्याको बारेमा सल्लाह दिएका थिए । उनले आफ्नो ट्वीटमा लेखेका थिए, ‘यदि तपाईं अथवा तपाईंका आफन्त कोही मानसिक समस्याको सिकार भएका छन् भने कृपया उनलाई सहयोग गर्नुहोस् ।’
एक अन्तर्वार्तामा उदय चोपडाले भनेका थिए, ‘बलिउडमा जो पनि आउँछ उसको सपना हुन्छ, म झुटाे नबोलेर भन्छुँ, मेरो पनि एक सपना थियो । म सुपरस्टार बन्न चाहन्थेँ तर त्यसो भएन । दर्शकहरुले मलाई रुचाएनन् ।
https://twitter.com/udaychopra/status/1028579342958219264
दर्शकले मलाई यसरी नकारेको मैले सहन सकिन । मलाई विश्वास नै भएन । मेरो लागि यो स्वीकार गर्नु अप्ठ्यारो थियो । दुई वर्षसम्म मैले यस्ता बेकारका कुराहरुलाई आफूबाट बाहिर निकालिदिएँ । अहिले मलाई आफू को हूँ र मेरो क्षमता के हो भन्ने कुरा थाहा भइसक्यो ।’
सन् २०१८ को सेप्टेम्बरमा उदय चोपडाको एक ट्वीटले उनको निकै चर्चा भएको थियो । उनले गाँजालाई भारतमा कानुनी मान्यता दिइनुपर्ने भन्दै ट्वीट गरेका थिए ।
उनले लेखेका थिए, ‘जहाँ सम्म मलाई लाग्छ, गाँजालाई भारतमा कानुनी मान्यता दिइनुपर्छ । गाँजालाई कानुनी मान्यता दियो भने भारतको राजस्वको स्रोत बढ्नेछ ।’ उनको ट्वीटपछि मुम्बई पुलिसले उनलाई ट्वीटरमा निषेध गरेका थिए ।उदय चाेपडा चर्चित फिल्म निर्देशक तथा निर्माता एस चाेपडाका छाेरा हुन् ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    