बन्द हुँदै छ माइक्रोसफ्ट विन्डोज सेभेन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १०, २०७५

  • चैत १० , काठमाडौं ।  माइक्रोसफ्ट विन्डोज सेभेन छिट्टै बन्द हुने भएको छ । माइक्रोसफ्टले विन्डोज सेभेनलाई २२ जुलाई २००८ मा रिलिज गरेको थियो । रिलिज हुनासाथ प्रयोगकर्ताले यसलाई निकै मन पराएका थिए । १० वर्षको सर्भिसपछि कम्पनीले अब यसलाई बन्द गर्ने निर्णय गरेको छ ।

    हालै माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन प्रयोगकर्ताका लागि एक नोटिफिकेशन जारी गर्न सुरु गरेको छ । जसमा भनिएको छ ‘कम्पनी अब विन्डोज सेभेन अपरेटिंग सिस्टमको अपडेट उपलब्ध गराउनेछैन् ।’

    शुक्रबार माइक्रोसफ्टले एक पोस्टमा लेखेको छ ‘१० वर्षको सेवापछि १४ जनवरी २०२० अन्तिम दिन हुन्छ, जब कम्पनी विन्डोज ७ चल्ने कम्प्युटर्सका लागि सेक्युरिटी अपडेट उपलब्ध गराउनेछ । यससँगै यो अपडेटमा विन्डोज सेभेन बन्द हुने नोटिफिकेशन रिमाइन्डर पनि दिइएको छ ।

    माइक्रोसफ्टले प्रयोगकर्तालाई विन्डोज सेभेन बन्द हुने सूचना दिने निर्णय यही महिनाको सुरुमा लिएको थियो ।

    भर्जमा छापिएको एक रिपोर्टका अनुसार विन्डोज १० एक सय करोड इन्स्टलेशनको नजिक पुगेको छ र विन्डोज सेभेन बन्द गरेर कम्पनी विन्डोज १० लाई राम्रोसँग प्रमोट गर्नेछ । हालै विन्डोज १० विश्वभर ८० करोड पटक इन्टल भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार