ड्याट्सनको ‘अल न्यू गो’ सार्वजनिक, सुरुआती मूल्य २५ लाख


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १०, २०७५

  • चैत १० , काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ‘गो’ को फेसलिफ्ट ‘अल न्यू गो’ सार्वजनिक गरेको छ।

    अल न्यू गोमा धेरै परिवर्तन गरिएको कम्पनीले जनाएको छ। यसले ५ हजार आरपिएममा ६८ पिएस पावर र ४ हजार आरपिएममा १०४ एनएम टर्क पैदा गर्छ।

    तीन ओटा मोडल गो ए (ओ), गो टी र गो टी (ओ) मा उपलब्ध यस गाडीको सुरुआती मूल्य २४ लाख ९९ हजार छ। अल न्यू गोमा अभूतपूर्व विशेषताहरु रहेका कम्पनीको दावी छ।

    कारले जापानी प्रविधि युक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको कम्पनीले जनाएको छ।

    यसमा एन्ड्रोइड अटो प्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील, डुअल एयर ब्याग, एबिएस विथ इबिडी, पार्किङ्ग सेन्सर लगायतका विशेषता रहेका छन्।

    यसमा १८० एम.एमको ग्राउन्ड क्लियरेन्स र २६५ लिटर लगेज स्पेस रहेको छ। यसले प्रतिलिटर १९.८३ लिटर माइलेज दिने कम्पनीको दावी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार