मलेसियाबाट फर्किएर कुखुरा पालन


  • Frontline Nepal
  • दीपेन्द्र अश्रुमाली

म मलेसियामा २ बर्ष छ महिना बसेर स्वदेश आएको अहिले १ बर्ष ९ महिना भयो । सुरुमा मलेसिया गएर कम्तिमा ८, १० लाख रुपैंयाँ कमाएर ल्याउँछु भनेर सोचेको थिएँ । र, त्यही सोचाई पूरा गर्न मलेसिया गएको थिएँ । तर, भने जस्तो नेपालमा त हुन्न भने अर्काको देशमा हुने कुरै भएन । मलेसियामा दिनको १५ घन्टा काम गर्दा पनि महिनाको २० हजार रुपैंयाँ बचाउन धौधौ हुन्थ्यो ।

अर्काको देशमा अरु मान्छेलाई पाईला–पाइला र शब्द–शब्दमा ‘ओके बोस’, ‘ओके बोस’ भन्दै काम गर्नु बाहेक अरु बिकल्प नै हुँदैन थियो । पैसा भने जस्तो नभए पनि । अर्काको देश ,अर्काको अडर, अर्काको काममा, बसेर काम गर्न नसकेकोले गर्दा म आफ्नो ३ बर्षे कन्ट्रयाक्ट नसकी कम्पनिलाई नेपाली ६० हजार रुपैंयाँ तिरेर नेपाल आएँ । नेपालमा नै केही गर्छु भनेर म नेपाल आउँदा २ बर्ष छ महिना बसेर कमाएर बचेको पैसा ७५ हजार रुपैंयाँ थियो । त्यही पैसामा अर्को ३ लाख ऋण गरेर ३ लाख ७५ हजार रुपैंयाँमा गिफ्ट पसल खोले ।

 

मैले यो पसल २०७२ सालको असार महिनामा खोलेको थिएँ । सुरुसुरुमा एकदम राम्रो चलेको थियो पसल । तर, पछि भारतले नाकाबन्दी लगाए पछि पसल चल्न सकेन । मान्छेलाई खानलाई ग्यास मभएको बेला गिफ्टको सामान कसले पो किन्थ्यो ? नाकाबन्दीले मेरो बिदेशबाट नेपालमा नै केही गर्छु भनेर सोच्ने जोस जाँगर हराएर गयो ।

 

पसल नाकाबन्दीपछि राम्रो चल्न सकेन । र, मलाई यस्तो पसल गरेर घरबेटीलाई धनी बनाउने काम गर्न मन लागेन महिना दिनभरी काम गर्‍यो घरबेटीलाई भाडा तिर्नु मै ठिक्क हुने भएकोले मैले पसल बेचें । काठमाडौंकै गोकर्ण भन्ने ठाउको मास्तिर सुन्ताखानिमा कुखुरा पालन गरें । सुरुमा कुखुरा पालन सम्बन्धि ज्ञान नभएकोले गर्दा निकै घाटा लाग्यो । तर पनि हिम्मत नहारेर त्यही कुखुरा पालन गरें । अर्को पटकमा क्ष्सबाट राम्रो फाईदा भयो ।

अहिले पनि म कुखुरा पालन नै गर्दैछु । र, दुइचार हजार रुपैंयाँको लागि बिदेश जानू परेको छैन ।

अब मेरो सोच भनेको कृषि क्षेत्रमा बिदेश गएर आएको युवाहरु मिलेर नेपालमा नै केही गरेर देखाउने योजना छ । अहिले हामी ४ जना मिलेर कुखुरा पालन गर्दैछौं । अब आउने दिनमा आफैले कोलस्टोर खोल्ने, आफैले तरकारी खेती र तरकारी पसल राख्ने योजनामा छौं । नेपालमा किसान एकदम नै पीडित छ । किसानले उत्पादन गरेको सामान दलालिको हातबाट उपभोक्तासम्म नपुर्‍याएर हामीले सिधै किसानदेखी उपभोक्तासम्म पुर्‍याउँने चाहना हो । यो काम गर्न सजिलो छैन । तर, असम्भव पनि छैन ।

यसमा सरकारले हेर्छ भन्ने कुरा त हामीलाई आशा छैन । किनभने हामी धेरै ठाउ चहारेर थाकि सकेका छौं । सरकारको आशाबाट । सरकारले ऋण दिने भन्छ तर धितो माग्छ हामीसित धितो दिने केही छैन मात्र आत्मबिश्वास र गरेर देखाउने हिम्मतबाहेक, आत्मबिश्वास हुने मान्छेलाई र परिश्रम गर्ने मान्छेले नेपालमा अनुदान पाउने कुरा नै छैन ।

राष्ट्र बैंकले हरेक सहकारीदेखि बैंकहरुलाई उर्दि जारी गरेको छ । हरेक बैंकले कृषीमा यति ५ ऋण जसरी पनि दिने भनेर तर त्यो ऋण लिनको लागि धितो बैंकले मागे जति दिन सके हामीले ऋण पाउछौ । नत्र पाउदैनौं । अझ त्यो ऋण धितो राखेर पनि तरकारी खेती, पशुपालन गर्ने असल किसानलाई बैंकले दिदैन ।

ट्रयाक्टर लगाएत बस्तुलाई मात्र दिन्छ । यो त भयो सरकारको कुरा । अब हामीले सरकारको आशा नगरी हामी युवाहरु मिलेर कृषिमानै केही गर्ने योजनाको साथ ब्रोईलर पालन गर्न थालेको छौं । अहिले हामीले ५ हजार कुखुरा पाल्ने कुखुराको खोर बनाएर ब्रोईलर पाल्दै आएको छौं । र, हामी सन्तुष्ट छौं अहिलेसम्म ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट