‘चन्चले’ खेलाडी क्रिश गेल


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं ।   वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान क्रिश गेल आक्रामक खेलको लागि प्रख्यात छन् । यो बाहेक उनले अन्तर्वार्तामा गर्ने रमाइलो पनि उनको परिचय रहेको बताइन्छ ।

    हाल इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स ११ पंजाबबाट खेलिरहेका क्रिश गेल आफनो खेल जिवनको उत्तरार्धमा छन् । झण्डै ४० वर्षको हुन लागेका यि खेलाडी आफ्नो टोलीका साथीहरुसँग ड्रेसिङ रुपमा अझ रमाइलो गर्ने गरेको खुलेको छ ।

    पंजाबबाट खेल्ने उनका टोलीका अर्का सदस्य लोकेश राहुलले गेललाई ‘चन्चले’ भनेका छन् । उनका अनुसार गेलको उमेर बढेसँगै उनको उर्जा पनि बढ्दो क्रममा रहेको छ। राजस्थान रोयल्स विरुद्ध पहिलो खेल खेल्ने क्रममा रहेका राहुल भन्छन्, ‘गेल टी–२० क्रिकेटका सर्वकालीन महान खेलाडी हुन् । तरपनी उनि सधैं मजाक गरिरहन्छन् । मलाई जिस्काइ राख्छन् ।’ उनि थप्छन् , ‘चकचक गर्ने र हावा गफ गर्न मनपराउने गेल वरिष्ठ खेलाडी जस्तो नै लाग्दैन । तर उनिसँग मैले लामोसमयदेखि सँगै खेलेको छु र उनिसँग मैले धेरै नै सिक्न पाएको छु । ’

    सन् १९९९ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेका क्रिश गेल विश्वमै परिचित नाम हो । उनी टी–२० मा सहजै ठुला शट खेल्न सक्ने क्षमताका खेलाडी हुन् । यतिका बावजुद रमाइलो गर्न मन पराउने भएकाले पनि उनि अन्य खेलाडीहरु माझ पनि लोकप्रिय रहेको बताइन्छ ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार