मार्को एसेन्सियोलाई बेच्दै रियल म्याड्रिडका अध्यक्ष पेरेज


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं ।  रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मिडफिल्डर मार्को एसेन्सियोलाई बेच्दै नयाँ खेलाडी भित्र्याउने संकेत दिएपछि क्लबमा उनको भविष्यबारे अन्यौल थपिएको थियो।

    पेरेजको उक्त फैसलापछि लिभलपुल लगायतका क्लबहरुले एसेन्सियोलाई भित्र्याउन पहल थालेका थिए।

    तर, रियलको प्रशिक्षकमा पुनरागमन गरेका जिनादिने जिदानेले भने क्लबले एसेन्सियोलाई नबेच्ने स्पष्ट पारेका छन्।

    ‘मैले एसेन्सियोसँग कुरा गर्दै उनी टोलीको महत्वपूर्ण खेलाडी रहेको बताइसकेको छु,’ जिदानेले भने, ‘र, म उनलाई यहाँ हामीसँग भएको हेर्न चाहान्छु।’

    जिदानको प्रशिक्षकत्वमा एसेन्सियोले रियलबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि उचालिसकेका छन्।

    रियलको प्रशिक्षकत्वमा पूनरागमन गरेपछि जिदानले गत आइतबार सेल्टा भिगोविरुद्धको खेलमा पहिलो पटक टोली हेरेका थिए। उक्त खेल रियलले २-०ले जितेको थियो भने जिदानले पूरै ९० मिनेट एसेन्सियोलाई खेलाएका थिए।

    एजेन्सी।

    प्रतिक्रिया
    सम्बन्धित समाचार