तयार भयो टोटनहमको घरेलु मैदान (फोटोफिचर)


  • Frontline Nepal

चैत ११ , काठमाडौं ।  इंग्लिस क्लब टोटनहमको नयाँ रंगशाला तयार भएको छ । क्लबले ह्वाइट हर्ट लेनलाई पुनःनिर्माण गरि दर्शक संख्या ६२ हजार पुर्याएको हो ।

क्लबको अन्डर १८ का खेलाडीहरुले साउथह्याम्टनको अन्डर १८ टिमसँग प्रतिस्पर्धा गरेर नयाँ रंगशालाको टेस्ट सम्पन्न गरेको हो । उक्त खेलमा टोटनहम ३–१ गोलले विजयी भएको थियो । अब दोस्रो टेस्ट खेलमा टोटनहमका लिजेन्ड खेलाडी तथा इन्टर मिलानका खेलाडीहरु भिड्दैछन् । उक्त खेल अर्को शनिबार हुनेछ । भने अप्रिल ३ मा क्रिस्टल प्यालेससँग हुने खेल खेलेसँगै उक्त रंगशालाको आधिकारीक उद्घाटन हुनेछ ।

टोटनहमले ह्वाइट हर्ट लेन निर्माण गरिरहँदा वेम्ब्लेलाई घरेलु मैदान बनाउँदै आएको थियो ।

टेस्टसँगै ह्वाइट हर्ट लेनको नाम हट्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट