 
                            चैत १२ , काठमाडौं । दुई पटकका युएफसी लाइटवेट च्याम्पियन कनर मकग्रेगरले युएफसीबाट सन्यास लिएका छन्। मंगलबार सामाजिक संजालमा आफूले मिक्स मार्सलआर्टबाट सन्यास लिएको आइरिसका मकग्रेगरले घोषणा गरेका हुन्। ३० वर्षीय मकग्रेगरले भनेका छन्,‘मैले आजदेखि औपचारिक रुपमा मिक्स मार्सलआर्टबाट सन्यास लिने घोषणा गरेको छु।’
मकग्रेगरले अन्तिमपटक गतवर्षको अक्टुबर महिनामा युएफसीमा प्रतिस्पर्धा गरेका थिए। तयसबेला उनलाई रुसका खबिब नुर्र्मागोमेडोभले चौथौं राउन्डमा नकआउट गरेका थिए।

सन् २०१७ मा मकग्रेगरले बक्सिङका स्टार फ्लोयड मे वेदरसँग बक्सिङमा प्रतिस्पर्धा गरेका थिए। खेलमा पराजित भएपनि उनले त्यस खेलबाट ३० मिलिएन अमेरिकी डलर कमाएको बताइएको छ।
मकग्रेगर निकै आक्रमक र रिसाहा खेलाडीमा गनिन्थे। उनलाई युएफसीमा ब्याड ब्वाइ भन्ने गरिन्थ्यो। एजेन्सी


 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    