विश्व फुटबलका उत्कृष्ट तीन मिडफिल्डर


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १२, २०७५

  • चैत १२ , काठमाडौं । फुटबल सामूहिक खेल भएकाले गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डको समान भूमिका रहन्छ । फुटबलमा मिडफिल्डरले आफ्नो टोलीको फरवार्डदेखि अरुलाई पनि गोल गर्नको लागि पासहरु उपलब्ध गराउने र टिमको सन्तुलन मिलाउने काम गर्दछन् ।

    कुनै मिडफिल्डर गोल गर्न पनि माहिर हुन्छन् । अन्तर्राष्ट्रिय पत्रिका ‘स्पोर्टस् किडा’ले विश्व फुटबलमा उत्कृष्ट तीन मिडफिल्डरको सूची दिएको छ ।

    ३) इभान राकिटिक 
    बार्सिलोनाका मिडफिल्डर इभान राकिटिक विश्व फुटबलमा उत्कृष्ट मिडफिल्डरको तेस्रो स्थानमा पर्दछन् । रसिया विश्व कपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन उनले ठूलो भूमिका खेलेका थिए ।

    सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आएका राकिटिकले क्लबका लागि १ सय ६२ खेल खेल्दै २४ गोल गरिसकेका छन् । राकिटिकले क्रोएसियाका लागि पनि १ सय ३ खेल खेल्दै १५ गोल गरिसकेका छन् । विश्व फुटबल जगतमा उत्कृष्ट मिडफिल्डरको नामले चिनिने राकिटिक हाल बार्सिलोनाका लागि मुख्य खेलाडी हुन् ।

    २) बर्नान्डो सिल्भा 
    म्यान्चेस्टर सिटीका उत्कृष्ट मिडफिल्डर सिल्भा विश्व फुटबलमा उत्कृष्ट मिडफिल्डरको सूचीको दोस्रो स्थानमा छन् । सन् २०१७ मा मोनाकोबाट सिटीमा आएका उनले क्लबका लागि ६४ खेल खेल्दै ११ गोल गरिसकेका छन् ।

    पोर्चुगल राष्ट्रिय टोलीका लागि पनि उनले ३६ खेल खेल्दै ३ गोल गरिसकेका छन् ।

    १) पाउल पोग्बा 
    म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बा रसिया विश्वकपमा देखिएका उत्कृष्ट मिडफिल्डर मध्यका एक हुन् । सन् २०१६ मा युभेन्ट्सबाट युनाइटेड आएका उनले टिमका लागि ८४ खेलमा २२ गोल गरिसकेका छन् ।

    उनले फ्रान्स राष्ट्रिय टोलीका लागि पनि ६६ खेलमा १० गोल गरिसकेका छन् । पोग्बा पछिल्लो सयम विश्व फुटबलमा परिचित मिडफिल्डरको नाम हो ।

    Image result for pogba skills

    प्रतिक्रिया
    सम्बन्धित समाचार