उड्ने बाइकको मूल्य सवा ६ करोड…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १२, २०७५

  • चैत १२ , काठमाडौं ।  फ्रान्सको कस्टम अटोमोबाइल कम्पनी लेजरेथले एक यस्तो बाइक तयार गरेको छ, जुन सडकमा गुड्नुका साथै हेलिकप्टर जस्तै हावामा पनि उड्छ ।यो उड्ने बाइकलाई कम्पनीले एलएमभी–४९६ नाम दिएको छ । यो बाइकलाई लेजरेथलकै बाइक एलएम–८४७ का अनुसार तयार पारिएको छ । एलएमभी–४९६ बाइक राइड मोडबाट फ्लाई मोडमा जानका लागि ६ सेकेन्डको मात्रै समय लाग्छ ।

    यो उड्ने बाइकमा मासेराती कारमा रहेको ५२०० सीसीको भी–८ इन्जिन राखिएको छ । मासेराती कारको स्पीडका लागि प्रसिद्ध रहदै आएको छ । हालसालै मात्र यो बाइकको टेस्टिङ पनि गरिएको छ । परिक्षणमा यो सफलतापूर्वक उडेको पनि थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार