
चैत १२ , काठमाडौं । सुपरस्टार महेश बाबुका फ्यानका लागि एउटा ठूलो सप्राइज आएको छ।
साउथ फिल्मका हिट अभिनेता महेश अब सिंगापुरमा बस्ने भएका छन्। तर, उनी त्यहाँ घर बनाएर सर्न लागेका भने होइनन्।
विश्वकै ध्यान खिच्न सफल सिंगापुरको एक संग्राहलयमा महेशको स्ट्याचु राख्न लागिएको हो। सिंगापुरको मेडन तुफान संग्राहलयमा अब उनको वेक्स स्ट्याचु राखिने भएको छ।
यो अवसर प्राप्त गर्ने महेश साउथ फिल्मका दोस्रो कलाकार हुन्। यसअघि बाहुबली हिरो प्रभाषले यो अवसर पाएका थिए। त्यहाँ राखिने उनको प्रतिमाको हैदराबादमा अनावरण गरिएको थियो।
केही दिनमा सो प्रतिमा सिंगापुर पुग्नेछ। त्यसपछि उनका फ्यानले सो प्रतिमासँग सेल्फी लिन पाउनेछन्। यतिबेला महेश आफ्नो आगामी तेलुगू फिल्म ‘महर्षी’ को सुटिङमा ब्यस्त छन्।