दिल्ली क्यापिटलको दोस्रो खेलको प्लेइङ ११ मा पनि परेनन् सन्दीप लामिछाने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १२, २०७५

  • चैत १२ , काठमाडौं । इन्डिन प्रिमियर लिग (आईपीएल)मा सहभागी नेपालका एकमात्र क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटलको दोस्रो खेलमा समेत प्लेइङ ११ परेनन्।

    सन्दीप आईपीएलमा दोस्रो पटक दिल्लीबाट सहभागी भएका छन्।  सन्दीप आईपीएलमा आवद्ध भएपछि नेपालमा यसको क्रेज बढेको छ।
    दिल्लीको आइतबार भएको पहिलो खेलको प्लेइङ ११ समेत नपरेका सन्दीप दोस्रो खेलमा समेत नसमेटिएका हुन्।

    पहिलो खेलमा दिल्लीले आइतबार राति मुम्बइ इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो।

    गतसाल सन्दीपले पछिल्ला ३ खेलमा मात्रै खेल्ने अवसर पाएका थिए।  सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२ औं संस्करण हो।

    उद्घाटन खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जस् बैंगलोरलाई पराजित गरेको थियो। दिल्लीले धोनीको कप्तानीमा रहेको चेन्नईको सामना गर्दैछ।

    पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २०  ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो।

    जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईले भने १९।२ ओभरमा अलआउट हुनुअघि १७६ रनमात्र बनाउन सकेको थियो।

    पहिले ब्याटिङ गरेको दिल्लीका लागि विकेटकिपर ब्याट्सम्यान रिसव पन्तले आक्रामक पाली खेल्दै अविजित ७८ रनको योगदान गरेका थिए। उनले केवल २७ बलको सामना गरी ७ छक्का र ७ चौका प्रहार गरे। उनी म्यान अफ दी म्याच बने।

    दिल्लीका लागि कोलिन इन्ग्रामले पनि ४७ रन बनाए। उनले ३२ बलमा एक छक्का र सात चौका प्रहार गरे। ओपनर शिखर धवनले पनि टोलीको खातामा ४३ रन थपे। उनले ३६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काएका थिए।

    विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका लागि युवराज सिंहले ५३ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन। उनले ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरेका थिए।

    मुम्बईका लागि क्रुनाल पाण्डेयले १५ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३२ तथा ओपनर क्विन्टन डी ककले १६ बलमा एक छक्का र चार चौकाको मद्दतले २७ रन जोडेका थिए। मुम्बईलाई लक्ष्यसम्म पुग्न नदिन दिल्लीका बलर इशान्त शर्मा र कागिसो राबडाले दुई/दुई विकेट लिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार