चीनमा जुम्ल्याहा बच्चाको जन्म, तर पिता फरक–फरक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र १३, २०७५

  • चैत १३ , काठमाडौं ।  चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकि छन् । तर पिता फरक–फरक भएको पत्ता लागेको छ । डिएनए परिक्षण गर्दा पिता फरक फरक भएको पत्ता लागेको हो । यो कुराको खुलासा हुदा डाकटर पनि अचम्मित परेका छन् ।

    जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरी कहा गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । प्रहरी थानामा प्रहरीले दुवै बच्चाको डीएनए रिपोर्ट मागेका थियो ।

    डीएनए परिक्षणपछि महिलाले आफ्नो श्रीमानलाई धोखा दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो ।
    श्रीमानलाई यो विषयको जानकारी हुने बित्तीकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए । सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकि थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार