‘चेल्सी आएपछि म परिपक्व मान्छे तथा खेलाडी बन्दैछु’


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र १३, २०७५

  • चैत १३ , काठमाडौं ।   इंग्ल्याण्डका अट्याकिङ मिडफिल्डर रोज बार्क्लेले आफू चेल्सी आएपछि परिपक्क मान्छे तथा खेलाडी बन्दै गरेको बताएका छन् । सन् २०१८ को जनावरीमा स्टामफोर्ड ब्रिज आएका बार्क्लेको पहिलो सिजन चोटको कारण सुखद् बन्न सकेन तर, जारी सिजनमा भने राम्रो प्रदर्शन गरिरहेका छन् । हालसम्म उनले चेल्सीबाट ३९ खेल खेलिसकेका छन् ।

    सोमबार सम्पन्न युरो कप छनोटमा मोन्टनेग्रोविरुद्ध शानदार खेल प्रदर्शन गरेका उनले खेलपछि प्रतिक्रिया दिँदै चेल्सीमा आएपछि परिपक्क खेलाडी बन्दै गरेको बताएका हुन् । यसअघि एभर्टनबाट लिड्स युनाइटेडमा रहेका उनले आफु क्लब छोड्ने पक्षमा थिए भन्दै भने ‘म मेरो परिवारभन्दा टाढा छु । म जुन वातावरणमा छु त्यो निकै भिन्न छ । म मेरो परिवारलाई सम्झिरहेको हुन्छु यसरी नै म व्यक्ति तथा खेलाडीको रुपमा परिपक्क हुँदैछु ।’

    ‘जब म चेल्सी आएँ तव मलाई निकै दबाब थियो । तर, स्थिति सहज हुँदै आएको छ त्यसैले म चिन्तित छैन ।’

    बार्क्लेले एभर्टनको एकेडेमीबाट खेल्न सुरु गरेका हुन् । सन् २०१० देखि सिनियर टिमबाट खेलेका उनलाई क्लबले सेफिल्ड युनाइटेड तथा लिड्स युनाइटेडमा पठाएको थियो तर, अहिले उनी लोनमा नै चेल्सीबाट खेलिरहेका छन् ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार