गीतकार पासाङ शेर्पाको भिडियोमा नायिका स्वस्तिमा खड्काको अभिनय


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १३, २०७४

  • काठमाडौं, मंसिर ८ – गीतकार पासाङ शेर्पाको ‘नरोउ तिमी’ गीतको भिडियो सार्बजनिक भएको छ । शेर्पाको पहिलो गीति एल्बम ‘नरोउ तिमी’ पनि चाँडै बजारमा आउँने तयारीमा छ । मदन दिपबिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी नरेन्द्र प्यासी जस्ता चर्चित संगीतकारहरुको संगीत रहेको यस एल्बममा ल्हाक्पा शेर्पा, निखिता थापा, मेलिना राई, नेपाल तारा दिपक लिम्बू र प्रथम नेपाल आइडल बुद्ध लामाको सुमधुर आवाज यस एल्बममा सुन्न सकिने छ ।

    ‘नरोउ तिमी’ एल्बममा समाबेश गरिएको ‘नरोउ तिमी भन्छौ भने’ गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालमार्फत सार्बजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा चर्चित संगीतकार हरि लम्सालको संगीतमा, म तिम्रो नफापेको मान्छे, मायासँग माया जस्ता र अन्य दर्जनौं चर्चित गीतहरु गाएर स्रोताको मन जितिसक्नु भएका सुमधुर स्वरका धनी गायिका निखिता थापाले स्वर भरेकी छिन् ।

    चलचित्र ‘फाटेको जुत्ता’ का निर्देशक निकेश खड्काको निर्देशनमा यो भिडियो बनेको हो । ‘कुटुमा कुटु’ गीतबाट अत्यधिक चर्चा कमाएकी नायिका स्वस्तिमा खड्काको जोडदार अभिनय यस भिडियोमा हेर्न सकिन्छ । चक्लेटी नायक तथा मोडल आशिष श्रेष्ठले स्वस्तिमालाई साथ दिएका छन् । करिब चार मिनेट पैंतालीस सेकेन्डको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छन् । यसको सम्पादन निशान घिमिरेको रहेको छ । मेकअप आर्टिस्ट सामारा लामाले गरेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार