काठमाडौं, चैत १५ । बलिउडका दुई सुपरस्टार साहरुख खान र आमिर खान अहिले आफ्नो कामलाई लिएर खुसी मनाइरहेका छन् । दुवैका पछिल्ला फिल्मले औसत व्यापार गरे पनि बलिउडमा उनीहरुको चर्चामा कुनै कमी आएको छैन् ।
आमिरले हालै एक कार्यक्रममा शाहरुखले आयोजना गरेको पार्टीमा आफूले घरबाटै खाना बोकेर गएको एउटा रोचक प्रसंग सुनाएका छन् । पार्टीमा सहभागी हुन शाहरुखको घर पुगेका आमिरले घरबाटै खाना लिएर गएका थिए । ‘जब म शाहरुखको घर पुगेँ, मैले आफ्नो खाना आफैँ लिएर गएको थिएँ, म सत्य बोलिरहेको छु’ आमिरले भने ।
एप्पल कम्पनीका कार्यकारी निर्देशक टिम कुक भारत आएको बेला उनको सम्मानमा शाहरुखले घरमा रात्रि भोजको आयोजना गरेका थिए । जहाँ आमिरलाई पनि निम्ता गरिएको थियो ।
आमिरलाई खानाका लागि सोध्दा उनले भने, ‘म खाना खान्छु तर मैले आफैँ टिफिनमा खाना ल्याएर आएको छु किनकि म डाइट गरिरहेको छु ।’ त्यतिबेला आमिर दंगल फिल्ममा काम गरिरहेका थिए।