९० औँ मिनेटको उपहार गोलले लिभरपुलको भाग्य चम्कियो


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र १८, २०७५

  • काठमाडौं, चैत १८ ।  लिभरपुल पुनः इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याममाथि २–१ को जित निकाल्दै लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पारेर शीर्षस्थानमा उक्लिएको हो ।

    घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा रोबर्टो फिरमिनोले एक गोल गरे । यस्तै एक गोल उसले उपहारमा पायो, टोटनह्यामका टोबी अल्डरविइरेल्डले आत्मघाती गोल गरेका हुन् । टोटनह्यामका लागि लुकास माउराले एक गोल फर्काए । १६ औँ मिनेटमा फिरमिनोको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । ७० औँ मिनेटमा मोउराले टोटनह्यामका लागि बराबरी गोल फर्काए ।

    तर अन्तिम मिनेटमा भएको आत्मघाती गोलले टोटनह्यामले खेल गुमाउनु परेको हो । ९० औँ मिनेटमा टोबीले आत्मघाती गोल गरेपछि बराबरी भइसकेको खेलमा लिभरपुलले जित निकाल्न सक्यो ।

    जितपछि शीर्षस्थानमा फर्किएको लिभरपुलको ३२ खेलबाट ७९ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको दुई अंक कम अर्थात ७७ अंक छ । तेस्रो स्थानको टोटनह्यामको ३१ खेलबाट ६१ अंक रहेको छ । आइतबार राति नै भएको अर्को खेलमा चेल्सीले कार्डिफ सिटीलाई २–१ ले हराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार