म्याच फिक्सिङ भएको भन्दै सन्दीप लामिछानेलाई फसाउन खोजियो…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १९, २०७५

  • काठमाडौं, चैत १९  ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गरेको बलिङमा फिक्सिङ भएको आरोपलाई खण्डन गर्दे भारतीय क्रिकेट बोर्ड बिसिसिआईले भ्रम फैल्याउन खोजेको बताएको छ ।  दिल्ली क्यापिटलबाट खेलिरहेका स्पिनर लामिछानेले गरेको बलिङमा फिक्सिङ भएको आरोप लागेपछि बिसिसिआईले भ्रम फैल्याउन खोजेको दावी गरेको हो ।

    भारतका युवा विकेटकिपर रिशव पन्तले जारी आइपिएल अन्तर्गत आइतबार कोलकत्ता नाइटराडर्सविरुद्धको  खेलका दौरान माइक्रोफोनमा बोलेको अडियो भाइरल बनेको थियो ।  दिल्ली क्यापिटल्सका विकेटकिपर पन्तले चौथो ओभरमा सन्दिपले बलीङ गरेको समयमा अडियो क्लिप सम्पादन गरेर भिडियो पोष्ट गरेका थिए । खेलको चौथो ओभरमा पन्तले सन्दिपले बलिङ गरिरहेको समयमा यो त चौका हो भनेका थिए । लगत्तैको बलमा सन्दीपले कोलकत्ताका ब्याट्सम्यान रोबिन उपथ्याले चौका हिर्काएका थिए ।

    अडियो हटस्टारबाट लिइएको आशंका:

    अडियो हटस्टारबाट लिइएको आशंका गरिएको छ । हटस्टार आइपिएलको अफिसियल डिजिटल पार्टनर हो । जहाँबाट क्लिप लिएर केही सम्पादन गरि भिडियो बनाइएको बिसिसिआइले बताएको छ ।

    भ्रम फैल्याउने काम:

    यो सारै दुर्भाग्य हो कि सामाजिक संज्जालमा अपुर्ण भिडियो राखेर भ्रम फैल्याउने काम भइरहेको छ, बिसिसिआइले भनेको छ । युवा क्रिकेटरको छवि बिगार्ने उदेश्यका साथ भिडियो काटेर राख्नु दुर्भाग्य हो । तर रिशव पन्तले माइक्रोफोनमा बोलेको कुरा भइरल भएको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि यसरी नै भिडियो अपलोड गरेर विपक्षी ब्याट्सम्यानलाई लक्षित गरेर बोलेको भिडियो भाइरल बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार