काठमाडौं आउँदै नेहा कक्कर


  • Frontline Nepal

काठमाडौं, चैत १९  ।  भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । उनले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने  २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् ।

उनका सिठ्ठी बजाके, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार