गोल्डेन बुट रेसमा मेसीलाई पछाउदै एम्बाप्पे…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १९, २०७५

  • काठमाडौं, चैत १९  ।  शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाका खेलाडी लियोनल मेसीले इस्प्यानियोलविरुद्ध दुई गोल गरे । यससँगै मेसीले घरेलु लिगमा व्यक्तिगत गोलसंख्या ३१ बनाएका छन् । यससँगै ‘गोल्डेन बुट ब्याटल’मा मेसी अझै बलियो बनेका छन् ।

    तर, गोल्डेन बुट प्रदान गर्ने ‘मार्सा’ले भने इप्यानियोलविरुद्ध मेसीले गरेको गोललाई भिक्टोर साञ्चेजको आत्मघाति गोल भनेको छ । सोही कारणले गर्दा उसले मेसीको गोलसंख्या ३० मात्रै बनाएको छ ।

    अन्य उच्च गोलकर्ताहरु:

    १. लियोनल मेसी (बार्सिलोना): ३० गोल – ६० अंक

    २. किलियन एम्बाप्पे (पीएसजी): २७ गोल – ५४ अंक

    ३. क्वाग्लिरेला (साम्पोर्दिया): २१ गोल – ४२ अंक

    ४. क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स): १९ गोल – ३८ अंक

    ५. पियाटेक (मिलान): १९ गोल – ३८ गोल

    ६. सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी): १९ गोल – ३८ अंक

    ७. रोबर्टो लेवान्डोस्की (बार्यन म्युनिख): १९ गोल – ३८ अंक

    ८. जापाटा (एट्लान्टा): १९ गोल – ३८ गोल

    ९. लुइस स्वारेज (बार्सिलोना): १८ गोल – ३६ अंक

    १०. पेपे (लिल्ले): १८ गोल – ३६ अंक

    प्रतिक्रिया
    सम्बन्धित समाचार