मार्सेलोको बचाउ गर्दै प्रशिक्षक जिदानले भने मार्सेलोको खेल मलाई मन पर्छ…


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र २१, २०७५

  • काठमाडौं, चैत २१।  पछिल्लो समयमा रियल मड्रिड एकपछि अर्को खराब लयमा छ । यहीबेला प्रशिक्षक तथा खेलाडीको पनि आलोचना हुने गरेको छ । विशेष गरी क्रिष्टियानो रोनाल्डोलाई गत वर्ष आफ्नो क्लबबाट इटालियन क्लब युभेन्टस बेचेपछि रियललाई पनौती लाग्न थालेको हो । प्रशिक्षक सान्टिएगो सोलरीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई क्लबमा भित्र्याएपछि रियलले पुरानै लय समात्छ भन्ने धेरैको बुझाइ थियो ।

    तर गए राति रियल मड्रिड भ्यालेन्सियासँग २–१ गोलअन्तरले पराजित भएपछि फेरि आलोचना सुरु भएको छ । ब्राजिलियन डिफेन्डर मार्सेलो रियलका भरपर्दा डिफेन्डर हुन् । तर गत सिजनको जस्तो लय उनले समाप्त सकेका छैनन् । हारपछि मुख्य प्रशिक्षक जिदानले भने मार्सेलोको बचाउ गरेका छन् ।

    प्रशिक्षक जिदानले भनेका छन्, ‘मैले उसलाई हरिरहेको छु । उ कसरी खेल्छ मलाई मन पर्छ । मार्सेलो भनेको मार्सेलो हो ।’

    ‘यो सिजनमा सबै खेलाडी आलोचित भएका छन् मार्सेलो मात्रै हैन । खेलाडीलाई सबै कुरामा आरोप लगाउन खोजेको होइन । हामी हार्‍यौं यो कुरा स्वीकार गर्छु’, जिदानले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार