फिफा बरियतामा नेपाल पुरानै स्थानमा, इतिहासकै दोस्रो उच्च बरियतामा इंग्ल्याण्ड


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र २१, २०७५

  • काठमाडौं, चैत २१।  विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल पुरानै स्थानमा यथावत छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ६१ औं स्थानमा यथावत रहेको हो ।

    यसअघि पनि नेपाल १ सय ६१ औं स्थानमा थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको नेपाल पुरानै स्थानमा रहेको हो । यद्यपी नेपालले हालै कुवेतसँगको दुई मैत्रीपुर्ण खेलमा हार व्यहोरेको थियो ।

    दक्षिण एसियामा भारत शिर्ष स्थानमा छ । १ सय ३ औं स्थानमा रहेको भारत दुई अंक सुधार गर्दै १ सय १ औं स्थानमा पुगेको छ । १ स्थान सुधार गर्दै माल्दिभ्स १ सय ५१ औं  स्थानमा पुग्दा नेपाल १ सय ६१ औं स्थानमा छ ।

    भुटान १ सय ८६ औं, बंगलादेश १ सय ८८ औं , पाकिस्तान २ सय औं तथा श्रीलंका २ सय २ औं स्थानमा छ ।  बेल्जीयम शीर्षस्थानमा रहँदा विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा छ भने बाज्रिल तेस्रो स्थानमा छ । १ स्थान सुधार गर्दै इंग्ल्याण्ड इतिहासमै पहिलो पटक दोस्रो उच्च बरियतामा आइपुगेको हो ।

    यसअघि पाँचौं स्थानमा रहेको इंग्ल्याण्ड विश्वकप उपविजेता क्रोएसियालाई पछि पार्दै चौंथो स्थानमा उक्लीएको हो ।  उरुग्वे १ स्थान माथि उक्लिँदै ६ औं स्थानमा आइपुग्दा पोर्चुगल सातौं स्वीजरल्याण्ड ८ औं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार