एसी मिलानलाई पराजित गर्दै युभेन्ट्स लगातार आठौं उपाधि नजिक…


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २४, २०७५

  • काठमाडौं, चैत २४ । युभेन्ट्स इटालियन सिरि एको लगातार आठौं उपाधि नजिक पुगेको छ। युभेन्ट्सले शनिबार राति एसी मिलानमाथि २–१ को जित निकालेर उपाधि यात्रामा सहज स्थितिमा पुगेको हो।

    आइतबार नापोलीले गिनोआसँग हार बेहोरे युभेन्ट्स ७ खेलअघि नै च्याम्पिन बन्नेछ। अथवा आगामी खेलमा जित हात पारे युभेन्ट्सले ६ खेलअघि उपाधि जित्नेछ। शनिबार भएको खेलमा एसि मिलानले पहिले अग्रता लिएको थियो। प्लाटेकले ३९ मिनेटमा गोल गरेर एसि मिलानलाई १–० गोलले अघि बढाएका थिए।

    दोस्रो हाफमा युभेन्ट्स खेलमा फर्कियो। पाब्लो डिबालाले ६० मिनेटमा पेनाल्टीमा गोल गरेर बराबरी गोल फर्काए। ८४ मिनेटमा मोइस केनले युभेन्ट्सलाई अग्रता दिलाए। उनी खेलको ६६ मिनेटमा डिबालाको स्थानमा मैदान प्रवेश गरेका थिए।

    १९ वर्षीय केनमाथि गत साता किग्लियारीका समर्थकले जातीय विभेद गरेका थिए। इटालियन राष्ट्रिय टिममा डेब्यू गरिसकेका उनले युभेन्ट्स र इटालीका लागि ५–५ गोल गरिसकेका छन्। जितसँगै युभेन्ट्सले ३१ खेलबाट ८४ अंक जोडेको छ। दोस्रो स्थानको नापोलीले १ खेल कम खेल्दै ६३ अंक जोडेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार