दिल्लीको खेल आज, सन्दीप टिममा पर्ने सम्भावना….


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २४, २०७५

  • काठमाडौं, चैत २४ ।  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ ।

    बैंगलोरको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह ४ः१५ मा सुरु हुनेछ । यसअघिका चार खेलमध्ये दुई खेलमा जित निकालेको दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । यता लगातार हार ब्यहारेको बैंगलोर भने आजको खेलमा जित निकाल्दै आफ्नो खाता खोल्ने लक्ष्यमा हुनेछ ।

    पछिल्लो ३ खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ विकेट लिएका छन् । त्यसैले दिल्लीले बैंगलोरविरुद्धको खेलमा सन्दीपलाई खेलाउने सम्भावना धेरै छ । दिल्लीको सुरुवाती दुई खेलमा सन्दीपलाई खेलाएको थिएन ।
    यस्तै आइतबार नै हुने अर्काे खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार