‘बार्सिलोना छोड्नु मेरो सबैभन्दा ठुलो गल्ती’:-नेयमार


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २४, २०७५

  • काठमाडौं, चैत २४ । बार्सिलोनामा चार सिजन बिताएका नेयमार यतिखेर पिएसजी आएकोमा पछुतो मानिरहेका छन् । यसको खुलासा उनकै साथी एद्रीयानोले गरेका हुन् ।

    पिएसजीमा ठिकठाक नै खेलिरहेका उनलाई ठुलो प्रतिस्पर्धामा आफु नरहेको उनले स्वीकारेको एद्रीयानोले बताएका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोना छोड्ने खेलाडीहरु प्राय पछुतो नै मान्छन् ।

    लियोनल मेस्सीको ओझेलमा परेको भन्दै नेयमारले क्लब छोडेका थिए । तर, पिएसजी गएता पनि उनको भाग्य चम्किन सकेको छैन । यस सिजन पनि पिएसजी च्याम्पियन्स लिगबाट बाहिरीसकेको छ ।

    बार्सिलोना छदाँ उनले ला लिगा, च्याम्पियन्स लिग जस्ता उपाधिहरु जित्न सफल भएका थिए । चार वर्षमा उनले १०५ गोल समेत गरेका थिए । तर, एकाएक बार्सिलोना छोड्ने निर्णय गरेका उनले अहिले पछुतो मानिरहेका छन् । पिएसजीमा पनि उनको रेकर्ड राम्रो रहेको छ । उनले ५३ खेलमा ४८ गोल गरिसकेका छन् । तर, उनी त्यतिमा मात्र सिमित हुन नचाहेको बताइएको छ । एद्रीनले भनेका छन्,‘मैले बार्सिलोनामा रहेर सबै उपाधि जित्न सफल भए । मलाई बार्सिलोनाप्रति गर्व छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार