ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना


  • Frontline Nepal

काठमाडौं, चैत २४ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध्यान्ह १२ बजे मंगलापुर चोकमा एक्कासि पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको ट्रक चालकले बताएका छन् । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए ।

सबै सिलिण्डर सडकमा छरिएका कारण  सडकमा सवारी साधन आवगनमा असहज भएको थियो । दुर्घटनामा २ वटा रेलिङ भाँचिएका छन् । ग्याँस सडकमा छरिए पनि विष्फोट नएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट