म्याड्रिडका पुर्व मिडफिल्डर भन्छन्: मेरो लागि ‘रोनाल्डो र मेसी दुवै उत्कृष्ट हुन्


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २४, २०७५

  • काठमाडौं, चैत २४ ।  फुटबलमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोमध्य को उत्कृष्ट भन्ने वादविवाद सधैं कायम नै रहँदै आएको छ । यसैक्रममा स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व मिडफिल्डर गुटीले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनेल मेसी धेरै प्रतिभावान् रहेको बताएका छन् ।

    मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनि सोधिएको प्रश्नमा गुटीले मेस्सीलाई छनोट गरेपनि रोनाल्डो ‘सेल्फ मेड’ र निकै नै महत्त्वाकांक्षी रहेको गुटीले बताए । ‘आधुनिक फुटबलमा मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस छ । उनीहरुले समान ५–५ बालोन डि’ओर अवार्डका साथै थुप्रै व्यक्तिगत अवार्ड जित्दै आ(आफ्नो क्लबलाई पनि उत्तिकै सफलता दिलाएका छन्,’ हाल टर्की महारथी बेसिक्टासका मुख्य प्रशिक्षक रहेका गुटीले भने, ‘मेरो लागि दुवै उत्कृष्ट । यो सत्य हो मैले मेस्सीलाई छाने । तर, म रोनालडोलाई पनि अत्यधिक महत्त्व दिन्छु मान्छु । उनी एक उत्कृष्ट खेलाडी हुन् ।’

    उनले मेसी रोनाल्डो भन्दा धेरै प्रतिभावान् रहेपनि रोनाल्डो गोलकर्ता रहेको समेत बताएका छन् । ‘पक्कै पनि मेसीमा अधिक प्रतिभा छ । तर, रोनाल्डो गोलकर्ता हुन् । उनी एकदम महत्त्वाकांक्षी छन् । मेसीको समयमा रहेर पनि उनले ५ बालोन डि’ओर जितेका छन् । उनी क्लबका लागि महत्त्वपूर्ण खेलाडी हुन् । जुन उनले रियलमा देखाए,’ गुटीले भने, ‘रियलका सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले क्लब छाडेदेखि नै रियल समस्यामा परिरहेको छ । ठूला खेलमा रोनाल्डोको अभाव महसुस क्लबले गरिरहेको छ । यो पनि सत्य हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार