च्याम्पियन्स लीग : टोटनह्यामसंग हार्यो म्यानचेस्टर सिटी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र २७, २०७५

  • काठमाडौं, चैत २७ ।   युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा टाेटनह्यामसँग म्यानचेस्टर सिटी स्तब्ध भएको छ । मंगलबार राति भएको खेलमा सिटीलाई पराजित गर्न सन हेङ मिनले खेलको अन्त तिर गरेको एकमात्र गोल निर्णायक बन्यो ।

    माउरिसिओ पोचेटिनोको टोटनह्यामले घरेलु मैदानमा सुरुवातबाटै सिटीविरुद्ध निकै सानदार प्रदर्शन गर्यो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेल दोस्रो हाफमा थप रोमाञ्चक रह्यो । खेलको ७८ औँ मिनेटमा मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

    त्यसपछि खेलमा सिटीले गोलका केहि प्रयासहरु गरेपनि सफल भएन् । प्रिमियर लिगमा उपाधि होडमा रहेको तथा लिग कपको उपाधि जितेको पेप गार्डिवलाको सिटीको सेमिफाइनल सम्भवना भने कायमै छ । त्यसका लागि उसले दोस्रो लेगमा टोटनह्यामलाई २–० ले पराजित गर्नु पर्ने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार