बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख ११, २०७६

  • काठमाडौं, ११ वैशाख ।  पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बसले पृथ्वीराजमार्गको बूढीबजारमा मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    एउटै दिशाबाट आएको ना २ ख २१६९ नं को बसले ग ६ प ३०२९ को मोटरसाइललाई ठक्कर दिँदा चालक पोखरा –२६ निवासी ३९ वर्षीय टीकाराम तिमिल्सेनाको मृत्यु भएको हो ।

     

    बसले बाटो उछिन्दै गर्दा आफ्नै दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा तिमिल्सेना बाटोमा लड्न पुगेका थिए भने उनको उपचारको क्रममा पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले बस र बसका चालक रवीन केसीलाई पक्राउ गरी थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार