भारतीय बक्स अफिसमा तहल्का मच्चाउदै ‘एभेन्जर्स एण्ड गेम’


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख १५, २०७६

  • काठमाडौं, १५ वैशाख ।  हलिउड फिल्म ‘एभेन्जर्स एण्डगेम’ ले भारतीय बक्स अफिसमा तहल्का मच्चाएको छ। फिल्मले दुई दिनमा १०० करोड भन्दा बढीको व्यापार गरेको छ।

    हलिउडको यस सुपरहिरो फिल्मले ओपनिङमा  हालसम्म बलिउड फिल्मले बनाएका सबै रेकर्ड तोडेको छ। फिल्मले पहिलो दिन ५३.१० करोड र दोसो दिन ५ १.४० करोड  गरी दुई दिनमा १०४ करोड ५० लाख भारतीय रुपैयाँ बराबरको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्श ट्वीट गरेर जानकारी दिएका छन्।

    तरण आर्दशले यो फिल्म भारतीय बक्स अफिसमा एक गेम चेन्जर बनेको बताएका छन्। उनले केवल २८४५ स्क्रिनमा  रिलिज हुँदा पनि यस फिल्मले ठग्स अफ हिन्दुस्थानको ओपनिङ रेकर्डलाई पछाडि छोडिदिएको र आगामी दिनमा अझै बढी व्यापार गर्ने बताएका छन्।

    भारतमा मात्रै हाल सम्म २५ लाख टिकट विक्री भैसकेको बताइएको छ। यस्तै फिल्मले तीन दिनमा कम्तिमा १५० करोडको व्यापार गर्ने अनुमान गरिएको छ।

    एभेन्जर्स एण्डगेम भारतमा अंग्रेजी भाषाका साथै हिन्दी, तमिल र तेलगु भाषामा रिलिज भएको छ। यो फिल्म भारतमा सबै भन्दा बढी कमाउने हलिउड फिल्म बन्ने निश्चित रहेको फिल्म विश्लेषकहरुले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार