आईपीएल : चेन्नईविरूद्ध प्लेइङ एघारमा सन्दीप लामिछाने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख १८, २०७६

  • काठमाडौं, १८ वैशाख । नेपाली युवा सन्दीप लामिछाने महेन्द्र सिंह धोनीविरूद्ध मैदान उत्रने भएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत समूह चरणको दोस्रो अन्तिम खेलमा चेन्नईको घरेलु मैदानमा भिड्न लागेको दिल्लीले सन्दीपलाई प्लेइङ ११ मा मौका दिएको हो । आईपीएलको प्ले अफमा स्थान बनाइसकेको दिल्लीले अर्को प्रतिश्पर्धी महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नईविरुद्वको खेल्ने क्रममा  सन्दीप लामिछानेले मौका पाएका हुन् ।

    सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् । चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

    खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक रहेको छ । समान अंक भएको चेन्नई नेट रन रेटमा दिल्लीभन्दा पछि छ । चेन्नईका कप्तान महेन्द्र सिंह धोनी मैदानमा फर्किएका छन् । अस्वस्थताका कारण धोनी पछिल्लो समय चेन्नईको खेलमा देखिएका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार