च्याम्पियन्स लिग : बार्सिलोनासंग ३–० ले पराजित लिभरपुल , मेसीको दुई गोल


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख १९, २०७६

  • काठमाडौं, १९ वैशाख । लिओनल मेसीको दुई तथा लुइस सुआरेजको एक गोलको मद्दतले युरोपियन च्याम्पियन्स लिगको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको छ। घरेलु मैदानमा बार्सिलोनाले फराकिलो जीत हात पारेको हो।

    २६औँ मिनेटमा सुआरेजको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि दोस्रो हाफलमा मेसीले दुई गोल थपेका थिए। मेसीले खेलको ७५ र ८२औँ मिनेटमा गोल थपे। मेसीले बार्सिलोनका लागि ६०० गोल समेत पूरा गरेका छन्। सन् २००५ मा मेसी बार्सिलोनामा आवद्ध भएका थिए। अब दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार