
काठमाडौं, १९ वैशाख । स्पेनलाई विश्वकप जिताउने गोलकिपर इकर कासिलासको अवस्था सामान्य रहेको बताइएको छ । बुधबार पोर्चुगिज क्लब पोर्तोबाट व्यवसायी खेल खेल्दै आएका उनलाई अभ्यासको क्रममा हृदयघात भएको थियो । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर समेत रहेका उनलाई बुधबार बिहान अभ्यासको क्रममा हृदयघात भएपछि अस्पताल पुर्याइएको थियो ।
Todo controlado por aquí, un susto grande pero con las fuerzas intactas. Muchísimas gracias a todos por los mensajes y el cariño 😃💪🏼 pic.twitter.com/i3TXsELUGD
— Iker Casillas (@IkerCasillas) May 1, 2019
स्थानीय अस्पतलामा कासिलासको शल्यक्रिया भएपछि अवस्था सामान्य रहेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ । तर, उनले पोर्तोबाट जारी सिजनका बाँकी खेलहरु खेल्न नसक्ने बताइएको छ ।