ट्युमरको शल्यक्रियापछि यस्तो देखिइन् श्वेता खड्का…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २४, २०७६

  • काठमाडौं, २४ वैशाख । उनको गर्धनमा देखिएको ट्युमर अचानक शल्यक्रिया गर्नुपरेको थियो । पूर्ण स्वास्थ्य लाभको प्रतिक्षामा रहेकी उनले आफू निको हुनेबित्तिकै काममा फर्कने जानकारी दिएकी छिन् ।

    मंगलबार बिहान उनले इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, ‘मेरो स्वास्थ्य अवस्था नाजुक भएकाले अझै केही हप्ता काम गर्न असमर्थ छु । निको हुनेबित्तिकै काममा फर्किहाल्ने प्रतिबद्धता गर्दछु ।’

    उनले आफ्ना शुभचिन्तक, साथीभाइ र आफन्तलाई सहयोगका लागि धन्यवाद पनि दिएकी छिन् । यसबारे उनले लेखेकी छिन्, ‘म मेरा सबै शुभचिन्तकलाई जवाफ दिन सक्दिनँ तर उहाँहरुको प्रार्थनाका लागि मनैदेखि धन्यवाद ।’

    यसका साथै उनले मेडक्यूबलाई पनि शल्यक्रियाको यो यात्रामा सहयोगका लागि धन्यवाद दिएकी छिन् । मेडब्यूबले सही अस्पताल, सही डाक्टर र सही उपचार छनोट गर्नमा सहयोग गरेकोमा उनले धन्यवाद दिएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार