काठमाडौं, २४ वैशाख । आजकल प्रत्येक पसल र मलबाहिर सीसीटीभी क्यामरा राखिएको हुन्छ । त्यसैले चोरहरूले आफ्नो अनुहार ढाक्ने गरेका छन् ।
अनुहार छोप्नका लागि चोरहरूले मास्क र कपडा प्रयोग गर्छन् । तर अस्ट्रेलियामा एक चोरले पसल लुट्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अनुहारको मास्क लगाएका छन् । क्वीन्सल्यान्ड प्रहरीले आरोपितको पहिचानका लागि सहयोग गर्न जनतासमक्ष अपील गरेको छ । स्ट्रेथपाइनस्थित पसलमा चोरीको घटना क्यामरामा रेकर्ड भएको छ ।
आइतवार आरोपित व्यक्ति एक शपिङ सेन्टरको शीशा तोडेर भित्र पसेका थिए । उसले पसलमा छिरेर अनेकौं घडी चोरेको थियो । उसले बिजुली स्टोरको शीशा पनि तोड्यो र केही सामान चोरिदियो ।
आरोपित व्यक्तिले अमेरिकी राष्ट्रपतिको मास्क बाहेक कालो रंगको हूडी जम्पर, ट्य्राक प्यान्ट र सेतो जुत्ता लगाएको थियो । ट्रम्पको मास्कभित्र लुकेको आरोपितको अनुहार चिन्न निकै गाह्रो छ ।
एजेन्सी ।